काठमाडौंमा वर्षासँगै चन्द्रागिरीमा हिमपात, पर्यटक बढी आउने अनुमान

<p>काठमाडौं । मंगलबार रातीदेखि परेको वर्षासँगै काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको हो । वर्षासँगै बुधबार बिहान ५ बजेबाट चन्द्रागिरिमा हिमपात परेको हो । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । हिल्सका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले बिहानदेखि चन्द्रागिरीमा बाक्लो हिमपात सुरु भएको जानकारी दिए । उनका अनुसार गत [&hellip;]</p>

काठमाडौं । मंगलबार रातीदेखि परेको वर्षासँगै काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको हो । वर्षासँगै बुधबार बिहान ५ बजेबाट चन्द्रागिरिमा हिमपात परेको हो ।

काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । हिल्सका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले बिहानदेखि चन्द्रागिरीमा बाक्लो हिमपात सुरु भएको जानकारी दिए ।

उनका अनुसार गत वर्षको तुलनामा आज बाक्लो मात्रामा हिउ परेको छ । ‘गत वर्ष खासै हिउ परेको थिएन । यस वर्ष वर्षासँगै बाक्लो मात्रामा हिउ झरेको छ’, उनले भने, ‘हिउमा खेल्न आउने पर्यटक यस वर्ष बढ्ने अनुमान  गरेका छौँ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

 

 

Share News