निगम निजीकरणको निर्णय खारेज

<p>काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमलाई निजीकरण गर्नभन्दै निगम व्यवस्थापन सँगै पर्यटन मन्त्रालयले गरेको निर्णय खारेज गरिएको बताए । मंगलाबार निगम कार्यालयमा व्यवस्थापन र कर्मचारीहरुसँग छलफल गर्दै उनले यसअघि भएका निर्णय आफूले खारेज गरेको बताएका हुन । उनले [&hellip;]</p>

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेज भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमलाई निजीकरण गर्नभन्दै निगम व्यवस्थापन सँगै पर्यटन मन्त्रालयले गरेको निर्णय खारेज गरिएको बताए ।

मंगलाबार निगम कार्यालयमा व्यवस्थापन र कर्मचारीहरुसँग छलफल गर्दै उनले यसअघि भएका निर्णय आफूले खारेज गरेको बताएका हुन । उनले केही दिन अघि मन्त्री स्तरीय निर्णय गर्दै निजीकरणको विषय नै खारेज गरेको बताए ।

यसअघिको सरकारले नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने तयारी गरेपछि निगममा कार्यरत कर्मचारीहरु आन्दोलित भएका थिए ।

कर्मचारीहरुले निजीकरणको निर्णय गर्ने तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले कार्यालय प्रवेशमा रोक लगाउँदै आन्दोलन गरेका थिए ।

कर्मचारीले निगम निजीकरणको व्यापक विरोध गरेपछि नवनियुक्त पर्यटनमन्त्री आलेले महाप्रबन्धक पौडेललाई हटाएर कार्यकारी अध्यक्षको रुपमा युवाराज अधिकारीलाई नियुक्त गरेका थिए ।

Share News