काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले करको दायरमा आएका होटल तथा रेष्टुरेन्टलाई २४सै घण्टा खुल्ला रहने व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।
मन्त्री खाँणले नेतृत्व गरेको गृहमन्त्रालय अन्तरगतकै नेपाल प्रहरीले राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गराउँदै हिडेको समयमा गृहमन्त्री खाँणको यस्तो धारणा आएको हो ।
गृहमन्त्री खाँणले सोमबार (आज) अर्थमन्त्रालयमा आयोजित पुँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् । उनले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टलाई २४सै घण्टा संचालन हुने व्यवस्था मिलाउनु पर्ने बताएका हुन् ।
यसो गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने मन्त्री खाँणको धारणा छ । उनले होटल तथा रेष्टुरेन्ट २४सै घण्टा संचालन गर्ने हो भने त्यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालय तयार रहेको पनि जानकारी दिए ।