बन्दीपुरमा साढे ३ करोडको लगानीमा होटलसहित फनपार्क बन्यो

<p>काठमाडाैं । बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो । बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न [&hellip;]</p>

काठमाडाैं । बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रबारदेखि सञ्चालनमा आएको छ । करिब रु साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।

बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ ।

यस्तै २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

विदेशमा मनोरञ्जनका लागि प्रशस्त स्थानको व्यवस्था गरिए तापनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएकाले त्यो संस्कारको विकास गर्न लागिएको अर्का सञ्चालक राजीव श्रेष्ठको बताए ।

Share News