सिभिल बैंकका अध्यक्ष पाण्डेले शपथ लिँदै भनेः हामी मर्जरका लागि तयार छौं

<p>काठमाडौं । सिभिल बैंक अध्यक्ष प्रताप जङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर २० गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । बैंकको संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अर्को कार्यकालको लागि पुनस् अध्यक्ष नियुक्त गरेको थियो । शपथ ग्रहणपछि अध्यक्ष पाण्डले [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक अध्यक्ष प्रताप जङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर २० गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

बैंकको संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अर्को कार्यकालको लागि पुनस् अध्यक्ष नियुक्त गरेको थियो ।

शपथ ग्रहणपछि अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै उनले बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको  समेत बताए

Share News