आफै ठगिएपछि मन्त्री आलेले सुरु गरे विमानस्थलमा नि:शुल्क सटल बस सेवा

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नि:शुल्क सटल बस सेवा सुरु भएको छ ।बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त बस सेवाको उद्घाटन गरेका हुन् । मन्त्री आलेको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो । आफु पनि यसरी धेरैपटक ट्याक्सीबाट ठगिएको र यात्रुहरुले [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नि:शुल्क सटल बस सेवा सुरु भएको छ ।बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त बस सेवाको उद्घाटन गरेका हुन् ।

मन्त्री आलेको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो ।

आफु पनि यसरी धेरैपटक ट्याक्सीबाट ठगिएको र यात्रुहरुले विमानकोभन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि विमानस्थलमा सटल बस सेवा सुरु गरेको मन्त्री आलेले बताएका छन् ।

उक्त सटल बस सेवा हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म निस् शुल्क सञ्चालन हुनेछन् । तीनले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गेटसम्म यात्रुलाई सेवा दिनेछ ।

 

Share News