सार्वजनिक सवारीमा जीपीएस जडान गर्दै विभाग

<p>काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा ‘जीपीएस भेहिकल–ट्रयाकिङ सिस्टम’ जडानको तयारी शुरु गरेको छ । विभागले सार्वजनिक सवारी साधनहरुको गति तथा रुट लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले पहिलो चरणमा तीन रुटमा निशुःक रुपमा जीपीएस सिस्टम जडान गर्न लागेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले पहिलो चरणमा काठमाडौँ–जनकपुर, काठमाडौँ– वीरगञ्ज र काठमाडौँ–पोखरामा चल्ने एक [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा ‘जीपीएस भेहिकल–ट्रयाकिङ सिस्टम’ जडानको तयारी शुरु गरेको छ । विभागले सार्वजनिक सवारी साधनहरुको गति तथा रुट लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले पहिलो चरणमा तीन रुटमा निशुःक रुपमा जीपीएस सिस्टम जडान गर्न लागेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले पहिलो चरणमा काठमाडौँ–जनकपुर, काठमाडौँ– वीरगञ्ज र काठमाडौँ–पोखरामा चल्ने एक सय सार्वजनिक यात्रु वाहक सवारी साधनहरुमा निःशुल्क रुपमा जीपीएम डिभाइस जडान गर्न लागिएको जानकारी दिए ।

उनले सो रुटमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनलाई निशुल्क रुपमा जीपीएस जडान गर्न आग्रह समेत गरे ।

‘जीपीएस सिस्टम लागेपछि कुन सवारी कति बजे कहाँबाट छुट्यो र कुन ठाउँमा कति बजे पुग्छ भन्ने जानकारी पाइन्छ,’ उहाँले भन्नुभयो, ‘सर्वसधारणले पनि सार्वजनिक सवारीको कहाँ पुग्यो भनेर जानकारी लिन सक्ने गरी एप विकास गरेका छौं ।’

Share News