काठमाडाैं । जापानले साेमबार (मंसिर १३ गते) बाट सबै देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
जापानले काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै विदेशी नागरिकहरुलाई प्रवेशमा राेग लगाउने निर्णय गरेको हाे ।
जापानका प्रधानमन्त्री फुमियाे किशिदाले जापानमा खराब स्थित आउन नदिन याे कदम चालेकाे बताएका छन् ।
काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पहिलाेपटक दक्षिण अफ्रिकामा गत नाेभेम्बर २४ मा देखिएकाे थियाे । त्यसयता याे भेरियन्ट इजरायल, हङकङ, बाेटस्वाना लगायतका देशहरुमा देखिएकाे छ ।