निगमको स्पष्टिकरण: क्यापटेनले नियमानुसार जहाज अवतरण गरेका हुन्

<p>काठमाडौं । नेपाल वायुसेवन निगमले क्यापटेन पेम्बा शेर्पाको बचाउ गरेको छ । मंसिर ५ गते काठमाडौं–रुकुम (सल्ले) उडानका क्रममा गन्तव्यमा नै नपुग्दै क्यापटेनले ड्युटी अवर सकिएको भन्दै यात्रुलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थिए । यात्रुुलाई बीचबाटोमा नै अवतरण गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा क्यापटेन शेर्पालाई स्पष्टीकरण सोध्दै छानविन समिति गठन गर्न निर्देशन दिएको [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवन निगमले क्यापटेन पेम्बा शेर्पाको बचाउ गरेको छ । मंसिर ५ गते काठमाडौं–रुकुम (सल्ले) उडानका क्रममा गन्तव्यमा नै नपुग्दै क्यापटेनले ड्युटी अवर सकिएको भन्दै यात्रुलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थिए ।

यात्रुुलाई बीचबाटोमा नै अवतरण गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा क्यापटेन शेर्पालाई स्पष्टीकरण सोध्दै छानविन समिति गठन गर्न निर्देशन दिएको छ ।

मंगलबार साँझ घटना बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण सोध्दा मौन रहेको निगमले बुधबार एक विज्ञप्ती जारी गर्दै क्यापटेनका बचाउ गरेको छ ।

‘हवाइ उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयुटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो’, निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

रुकुम र नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखीरहनु भन्दा नेपालगञ्ज सम्म पु¥याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पु¥याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय भएको निगमले दावी गरेको छ ।

पुनश्चः निगमले मध्यपश्चिम तथा सूदुरपश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक/उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्पस्वरुप उक्त निर्णय लिनुपरेको स्पष्टीकरण दिएको छ ।

‘विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिबद्धता जाहेर गर्दछौँ’, निगमले उल्लेख गरेको छ ।

Share News