काठमाडौं । जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको हो छ । अत्याधुनिक ल्याबसहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएको हो ।
‘हामीले, विशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौं ।’
विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौं,‘’ अध्यक्ष थापाले भने । थापाले अल्का अस्पतालले सेवाग्राहीहरुलाई आइभिएफ सेवा अन्य अस्पतालहरुको तुलनामा शुलभ दरमा दिने पनि बताए ।
मंसिर १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ । अल्का आइभिएफ सेन्टरबाट टेष्ट ट्युब बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ ।
के हो त आइभिएफ ?
कृत्रिम गर्भाधान इन व्रिटो फर्टिलाईजेशन आइभिएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो ।
यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ। यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणुसँग निशेचित गराइन्छ ।
यसपछि निषेचित अन्डा महिलाको गर्भाशयमा राखिन्छ ।
विश्वमा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए । उनीहरूको यस प्रक्रियाले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा म्यानचेस्टरमा भएको थियो ।
आज यो प्रविधि निसन्तान दम्पत्तीहरूको लागि एक नयाँ आश को किरण भएको छ। नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो । नेपालको पहिलो टेष्ट ट्युब बेबी चाहीँ ओममणी तामाङ हुन् । उनको २०६१ साल फागुन २० गते जन्म भएको थियो ।