हवाई इन्धनको मूल्य बढाएको प्रति वायुसेवा सञ्चालक संघको विरोध

<p>काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई इन्धन बढाएको प्रति विरोध जनाएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाउने नेपाल आयल निगमको निर्णय प्रति संघले विरोध जनाएको विज्ञप्तिमा उल्लेख छ । छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै संघले निर्णय सच्याउन [&hellip;]</p>

काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई इन्धन बढाएको प्रति विरोध जनाएको छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाउने नेपाल आयल निगमको निर्णय प्रति संघले विरोध जनाएको विज्ञप्तिमा उल्लेख छ ।

छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै संघले निर्णय सच्याउन पनि अनुरोध गरेको छ ।

Share News