थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ७ हजार २ सय ५३ जनामा पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ७ हजार २ सय ५३ जनामा पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ९३२ जना निको भएका छन् ।

शुक्रबार ७०८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा ८ लाख ८ हजार ९६ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै, हालसम्म ११ हजार ३३७ जनाको मृत्यु भएको छ भने ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसन ,८३० जना संस्थागत आइसोलेसनमा, २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Share News