घाटामा रहेका सरकारी संस्थानलाई कम्पनी मोडलमा लगिने

<p>काठमाडौं । सरकारले घाटामा रहेका सरकारी संस्थानलाई कम्पनी मोडलमा लैजाने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयकमार्फत सो कुरा बताएका हुन । लामो समयदेखि घाटामा गएका सार्वजनिक संस्थानलाई कम्पनीले मोडलमा लगेर पूँजीबजारमा सुचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन संक्षम बनाईने छ । उनले घाटामा गएका संस्थानलाई संरचनात्मक र व्यवस्थापकीय सुधार [&hellip;]</p>

काठमाडौं । सरकारले घाटामा रहेका सरकारी संस्थानलाई कम्पनी मोडलमा लैजाने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयकमार्फत सो कुरा बताएका हुन ।

लामो समयदेखि घाटामा गएका सार्वजनिक संस्थानलाई कम्पनीले मोडलमा लगेर पूँजीबजारमा सुचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन संक्षम बनाईने छ । उनले घाटामा गएका संस्थानलाई संरचनात्मक र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने नीति लिईने बताएका हुन ।

सरकारको उक्त नीतिमार्फत नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने बाटो खुलेको छ । निगम सञ्चालक समितिले यसअघि नै विभिन्न अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा कम्पनी मोडलमा लैजाने तयारी गरेपछि निगमका कार्यरत कर्मचारीहरु गत असार १८ गतेदेखि आन्दोलनरत रहेका छन् ।

Share News