निगमका कर्मचारीको आन्दोलनमा अर्थमन्त्रीको चासो, समिति गठन गरी अध्ययन गर्न सुझाव

<p>काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीले विभिन्न माग राख्दै करिब डेढ महिनादेखि गरेको आन्दोलनको सम्बन्धमा अर्थ मन्त्रालयले चासो देखाएको छ । सरकारले बिना तयारी निगमलाई निजीकरण गर्न लागेको भन्दै निगममा कार्यरत कर्मचारीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । अर्थमन्त्रालयले नेपाल वायुसेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीले विभिन्न माग राख्दै करिब डेढ महिनादेखि गरेको आन्दोलनको सम्बन्धमा अर्थ मन्त्रालयले चासो देखाएको छ ।

सरकारले बिना तयारी निगमलाई निजीकरण गर्न लागेको भन्दै निगममा कार्यरत कर्मचारीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
अर्थमन्त्रालयले नेपाल वायुसेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव दिएको छ ।

शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायुसेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका हुन ।

उनले कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुको साथै निगमको नियमित कामकाज संचालन गर्नुपर्नेमा जोड दिए । निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता औंल्याएका थिए । सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगम उँभो नलाग्ने भन्दै उनीहरुले राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने सुझाव राखेका थिए ।

छलफलमा निगमका प्रवन्धनिर्देशक डिम प्रसाद पौडेलले नेपाल एयरलाईन्सको वर्तमान अवस्था र भावि रणनैतिक विकल्पका सम्बन्धमा प्रस्तुति गरेका थिए । उनले राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको जनाएका थिए ।

निगम हाल ५० अर्ब ऋण तथा ११ अब संचित नोक्सानीमा रहेको जनाउदै साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको उल्लेख गरेका थिए । उनका अनुसार विश्वका विभिन्न एयरलाईन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेका छन् ।

उनले निगम सुधारको लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भएपनि कार्यान्वयनमा आउन नसकेको गुसानो गरे ।

Share News