काठमाडौं । कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार नआएको नर्भिक अस्पतालले जानकारी दिएको छ । अस्पतालले एक विज्ञप्ती जारी गर्दै अधिकारीको स्वास्थ्यमा सुरुमा केही सुधार देखिएपनि पछि गएर कुनै पनि प्रकारको सुधार नभएको जानकारी दिएको हो ।
अस्पतालले उनलाई एउटा राम्रो रिहाब सेन्टरको खाँचो भएको र त्यसमा आफुहरुले विचार गरिरहेको जनाएको छ ।
नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । नर्भिकले सुरुवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम नै खटाइदिएको छ ।
उनको उपचारमा हालसम्म ५० लाख खर्च भएको र सो रकम सबै चौधरीले व्यक्तिगत रुपमा बेहोरेको अस्पतालले जनाएको छ ।