हेल्थ एट होमले भित्र्यायाे वैदेशिक लगानी, थप डिजिटाइज गरी सबैकाे पहुँचमा पुर्याउने

<p>काठमाडाैं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लिले बिजनेस अक्सिजनमार्फत वैदेशिक लगानी भित्र्याउन सफल भएको छ । स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले वैदेशिक लगानी भित्र्याएकाे हो । यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य [&hellip;]</p>

काठमाडाैं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लिले बिजनेस अक्सिजनमार्फत वैदेशिक लगानी भित्र्याउन सफल भएको छ ।

स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले वैदेशिक लगानी भित्र्याएकाे हो ।

यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने विश्वास गरिएको र नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ ।

१२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होम मार्फत करिब १० हजारभन्दा बढि घरले स्वास्थ्य सेवा लिइरहेका छन् । हेल्थ एट होममा हाल ४ सय जनाभन्दा बढि स्वास्थ्यकर्मी समेत कार्यरत छन् भने हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ ।

हेल्थ होमले कोभिड महामारिका बेलामा समेत बिरामीहरूलाई घरघरमै पुगेर उपचार गर्दै आइरहेको छ । देशव्यापी सञ्जाल बनाउने उदेश्य राखेको हेल्थ होमले उपत्यका बाहिर तीनवटा शाखा मार्फत समेत आफ्नो सेवा दिँदै आएको छ । हेल्थ एट होमले विभिन्न किसिमका अन्तराष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।

हेल्थ एट होम २०१२ मा सुर्य नेपाल सामाजिक उद्यम पुरस्कार र २०१४ मा अमेरिकी सरकारबाट सामाजिक कार्यक्रम पुरस्कार समेत प्राप्त गर्न सफल संस्था हो ।

बिजनेस अक्सिजन प्रा.लि. नेपालको पहिलो निजि इक्विटी कोष हो । यो अन्तराष्ट्रिय वित्त निगम,डिएफआइडी/एफसिडिओ/जलवायु लगानी कोष लगायतको कोषबाट सञ्चालित छ ।

Share News