कोरोना महामारीले क्यानको आम्दानी १२ अर्ब गुम्यो

<p>काठमाडौं । कोभिड–१९ को असरका कारण दूरसञ्चार प्राधिकरण (क्यान) को करिब १२ अर्ब आम्दानी गुमेको छ । प्राधिकरणले आइतबार गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २०७६ को चैत महिनादेखि २०७८ को असार महिनासम्मको अवधिमा प्रक्षेपण गरेको तुलनामा १२ अर्ब बढी आम्दानी गुमेको जनाएको हो । प्राधिकरणसगैँ वायुसेवा कम्पनीले २५ अर्ब बढी [&hellip;]</p>

काठमाडौं । कोभिड–१९ को असरका कारण दूरसञ्चार प्राधिकरण (क्यान) को करिब १२ अर्ब आम्दानी गुमेको छ । प्राधिकरणले आइतबार गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २०७६ को चैत महिनादेखि २०७८ को असार महिनासम्मको अवधिमा प्रक्षेपण गरेको तुलनामा १२ अर्ब बढी आम्दानी गुमेको जनाएको हो ।

प्राधिकरणसगैँ वायुसेवा कम्पनीले २५ अर्ब बढी नोक्सानी भएको छ । सो नोक्सानीमध्ये सबैभन्दा धेरै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई भएको छ । सो अवधिमा निगमले मात्र ७ अर्ब बढी नोक्सानी भएको छ । यस्तै, नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले ३ अर्ब नोक्सानी व्यहोरेको छ भने आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले १५ अर्ब बढी आम्दानी गुमाएका छन् ।

सो प्रतिवेदन अनुसार प्राधिकरणको कार्य प्रकृति बमोजिम बार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा विमानस्थलमा भौतिक पूर्वाधार विकास, एयर नेभिगेसन प्रणालीको आधुनिकीकरण, उडान सुरक्षा सुदृढीकरण तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको जनाईएको छ ।

७३ प्रतिशतले हवाई यात्रुमा कमी

क्यानले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई यात्रुको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ । कोभिडका कारण अन्तर्राष्ट्रिय हवाई यात्रुमा ७३ प्रतिशत र आन्तरिक यात्रुमा ५९ प्रतिशतले कमी आएको हो ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान तर्फ हवाई यात्र संख्या ४१ लाख ३८ हजार ५६३ रहेको थियो । सन् २०२० मा ७३ प्रतिशतले कमी आएर ११ लाख ५ हजार ९२९ कायम हुन पुगेको छ ।

यस्तै, आन्तरिक उडान तर्फ सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा सो संख्यामा ५९ दशमलव ४६ प्रतिशतले कमी आएको छ ।

तथ्यांक अनुसार सन् २०२० मा १२ लाख ९२ हजार ५२१ आन्तरिक यात्रु रहेका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेतापनि उलेख्यनीय संख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएकोमा कोभिड–१९ महामारीका कारण हवाई तथा पर्यटन क्षेत्र धराशायी जस्तै बनेको छ ।

हाल अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवा कम्पनीले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी एयर अरेबिया अबुधाबीले १८ अक्टुबर २०२० देखि नेपालमा आफ्नो नियमित उडान प्रारम्भ गरेको छ ।

नेपालमा नियमित हवाई सेवामा अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा वायुसेवा, आन्तरिक उडान तर्फ ९ वटा वायुसेवा र १० वटा हेलिकप्टर कम्पनी गरी २२ वटा वायुसेवा कम्पनी सञ्चालनरत छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले कोभिड १९ को कारण एशिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तर्राष्ट्रिय उडानमा ७४ प्रतिशत र आन्तरिक उडानमा ५० प्रतिशत हवाई यात्रु घटेको जनाएको छ ।

Share News