बन्द भएका वायुसेवा कम्पनीले एक महिनाभित्र पैसा नतिरे कालोसूचिमा राखिने

<p>काठमाडौं। लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानीमा आलटाल गर्दै आएका छन् । बन्द भएका ९ वटा कम्पनीका सञ्चालकले लामो समयसम्म बक्यौता रकम भुक्तानी नगरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले कम्पनीका सञ्चालकको खोजी थालेको हो । यसअघि गत चैतमा क्यानले सार्वजनिक सूचना नै जारी गर्दै बन्द भएका ११ वटा वायुुसेवा [&hellip;]</p>

काठमाडौं। लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानीमा आलटाल गर्दै आएका छन् ।

बन्द भएका ९ वटा कम्पनीका सञ्चालकले लामो समयसम्म बक्यौता रकम भुक्तानी नगरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले कम्पनीका सञ्चालकको खोजी थालेको हो ।

यसअघि गत चैतमा क्यानले सार्वजनिक सूचना नै जारी गर्दै बन्द भएका ११ वटा वायुुसेवा कम्पनीका सञ्चालकलाई सम्पर्कमा आउन आग्रह गरेको थियो । सो आग्रहअनुसार २ वायुसेवा कम्पनीका सञ्चालक सम्पर्कमा आएर बक्यौता रकम भुक्तानी गरिसकेका छन् । क्यानले पुनः एक पटक मौका दिने भन्दै शनिबार एक सूचना जारी गर्दै ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरकारी बाँकी बक्यौता असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् ।

साथै सञ्चालनमा रहेका वायुसेवा कम्पनी एवं सञ्चालनमा रहेका र नरहेका पार्टीले समेत सार्वजनिक सूचना प्रकाशित गर्नु नपर्ने गरी नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउनसमेत क्यानले आग्रह गरेको छ ।

प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहेका छन् । सो एयरलाइन्सले प्राधिकरणलाई चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

त्यस्तै मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरका ले ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ भने अल्पाइन एयरका सञ्चालक प्रदीपमान सिंह, सुरेन्द्रबहादुर मल्ल र महेश्वरभक्त श्रेष्ठले ७२ हजार ७२८ बक्यौता तिर्न बाँकी रहेको छ ।

गोरखा एयरका सञ्चालन प्रज्वल श्रेष्ठ र डा. उज्वल श्रेष्ठले २० लाख ३५ हजार २९ रुपैयाँ तिर्नु रहेको छ भने कर्णाली एयरले १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी रहेको छ । सो एयरका सञ्चालकमा नारायणसिंह पुन र सबिना राई पुन रहेका छन् ।

यसैगरी, प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले १२ लाख ७३ हजार ६९४ रुपैयाँ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रवीन्द्रप्रसाद प्रधानले तीन करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

स्काइलाइन एयरवेजले १५ लाख ५० हजार ४०० रुपैयाँ बक्यौता दिनुपर्ने देखिएको छ । सो एयरवेजको सञ्चालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा र यादव खरेल रहेका छन् ।

यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर (कतार) रहेका छन् भने उनीहरुले सात लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

कसरी बन्द भए सञ्चालनमा रहेका वायुसेवा कम्पनी ?

तत्कालीन समयमा अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा राम्रो नाफा कमाएका वायुसेवा कम्पनीहरु पछिल्लो समय बन्द रहेका छन् । एकले अर्काको सिको गर्दै बिना अध्यन तथा अनुभव बिना वायुसेवा कम्पनी खोल्न प्रतिस्पर्धा गर्दा धेरै वायुसेवा कम्पनीहरु असफल भएका जानकारहरु बताउँछन् ।

जसमा अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेर नाफा कमाउने मध्ये एक हो नेकोन एयर । प्राधिकरणबाट सन् १९९६ मार्च २१ मा एओसी (एयर अपरेटर सर्टिफिकेट) पाएको उक्त कम्पनीले सुरुआती चरणमा अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेको थियो । १३ वटा वायुसेवा कमपनीबाट उडान गरेको नेकोन नाफामा गएपछि प्राथमिक सेयर निष्कासन गरे पश्चात नोक्सानमा गएर व्यवसाय नै बन्द भएको थियो ।

उक्त एयरका सञ्चालकका रुपमा दिपमणी राजभण्डारी, दिपक राज कोइराला, अनुप शमसेर जवरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ रहेका थिए ।

Share News