काठमाडौं । गत आर्थिक वर्षको असार मासन्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म २२९ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् भने १७१ संस्थाहरुको इजाजत खारेज भएको छ ।
राष्ट्र बैंकले भनेको छ,‘ वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्, यसमध्ये १७१ संस्थाहरुको इजाजत खारेज हुन गई ५८ संस्था कायम भएका छन् ।’