काठमाडाैं । बितेका २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सकृिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २५० पुगेको छ ।
थप ९ हजार ९०९ जनाको पीसीआर परीक्षण तथा चार हजार ९०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट दुई हजार २० तथा एन्टिजेनबाट ५०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३.५० दशमलव पाँच प्रतिशत रहेको छ ।