नर्भिकमा मधुमेहपीडित ८१ वर्षीया महिलाको दूरबिनबाट सफल शल्यक्रिया

<p>काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीवार विहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातिसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको [&hellip;]</p>

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीवार विहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।

छातिसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् ।

बढी उमेर समूह र मोटोपन भएका बिरामीको दुरविन प्रविधिबाट शल्यक्रिया सम्भव हु“दैन कि भन्ने धारणा कतिपय बिरामीमा हुने गरेको भन्दै डा. शर्माले भनिन्- ‘नर्भिक हस्पिटलमा दुवै उच्च जोखिम समूहका बिरामीको सफल रुपमा दूरबिनबाट शल्यक्रिया गरिसकेका छौं ।’

यसअघि १३४ किलो तौल समूहको महिलाको पनि डा.शर्मा नेतृत्वको टिमले दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको थियो ।
पेट चिरेर गरिनेभन्दा दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया बिरामीका लागि सुविधायुक्त र लाभदायक हुने गर्दछ ।

सामान्यतः बृद्धा अवस्थामा विभिन्न स्वास्थ्य समस्या भएका महिलाको दूरबिनबाट पाठेघरको अप्रेशन गर्नु जटिल मानिए पनि आफ्ना दक्ष चिकित्सकसहितको टिमले सफल उपचार गरेको नर्भिक अस्पतालले जनाएको छ ।

ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीको अस्पताल बसाई पनि कम हुने र छिट्टै रिकभर भई नियमित दैनिकीमा फर्किनसक्ने डा. शर्माले बताइन् ।

शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको र भोलि शनिवार बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

Share News