लयमा फर्कदै अन्तर्राष्ट्रिय उडान, बुधबार १७ उडान हुदैँ

<p>काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण रोकिएका अन्तर्राष्ट्रिय उडान पुरानै रुपमा फर्कन थालेका छन् । सिमित देशले नेपालमा उडान सुचारु गरेसगैँ न्यून भएका अन्तर्राष्ट्रिय उडान विस्तारै सुचारु हुन थालेका हुन । गत बैशाख यता अन्तर्राष्ट्रिय उडानको संख्या न्यून रहेकोमा बुधबार सबैभन्दा धेरै उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार १७ वटा [&hellip;]</p>

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण रोकिएका अन्तर्राष्ट्रिय उडान पुरानै रुपमा फर्कन थालेका छन् । सिमित देशले नेपालमा उडान सुचारु गरेसगैँ न्यून भएका अन्तर्राष्ट्रिय उडान विस्तारै सुचारु हुन थालेका हुन ।

गत बैशाख यता अन्तर्राष्ट्रिय उडानको संख्या न्यून रहेकोमा बुधबार सबैभन्दा धेरै उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार १७ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुदैँछन् ।

बुधबार १७ गन्तव्यमा ११ वायुसेवा कम्पनीले १५ उडान तथा १४ अवतरण रहेको छ । उक्त उडान मध्येमा १३ नियमित उडान, ३ कार्गाे उडान तथा एक युएनको चाटर्ड उडान रहेको छ ।

कार्यालयका अनुसार आज नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको विभिन्न गन्तव्यमा चार उडान तथा अवतरण गर्दैछन् । जसमध्ये, नेपाल वायुसेवा निगमले काठमाडौं–क्वालालाम्पुर, नयाँदिल्ली र दुवईमा २ उडान गर्दैछ । यस्तै, हिमालय एयरलाइन्सले काठमाडौंबाट कतारको दोहा, दमाम र दुबईमा चार उडान गर्दैछ ।

फ्लाई दुबईले दुबई–काठमाडौं, जजिरा एयरवेजले कुवेत–काठमाडौं, कतार एयरवेजले कतारको दोहा–काठमाडौं, मालिन्दो एयरले क्वालालाम्पुर–काठमाडौं, कोरियन एयर, सिंगापुर एयरलाइन्सले सिंगापुर–काठमाडौं, इथिकन एयरलाइन्सले दिल्ली–काठमाडौं र सिचुवान एयरलाइन्सले छेङदु–काठमाडौं उडान तालिका रहेको छ ।

यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणले अगष्ट महिनामा सातामा ६७ उडान हुने गरी उडान तालिका सार्वजनिक गरेको छ । जसमध्ये सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सातामा १५ र नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई सातामा १३ उडान गर्ने गरि उडान अनुमति दिएको छ ।

पहिलो चरणमा खुला गरेका मुलुकमा अनुमति पाएका कम्पनीहरुले काठमाडौं गन्तब्य बनाएर उडान गर्नेछन् ।

Share News