काठमाडौं । विश्वकै दोस्रो अग्लो केटु हिमालको नौ जना शेर्पा सहित १९ जना आरोहीले सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको आठ हजार ६१० मिटर उचाईमा रहेको माउन्ट केटुको मंगलबार विहान सफल आरोहण गरेका हुन ।
९ जना नेपाली शेर्पा गाइड सगैँ चार जना युक्रेनी आरोही, दुई जना पाकिस्तानी आरोही र अन्य देशका चार जना आरोहीले केटुको सफल आरोहण गरेका आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार समर सिजनमा आरोहण गरिने केटु हिमालमा यस वर्ष नेपाली कम्पनीका तर्फबाट आरोहण आयोजना भएको थियो ।
केटु आरोहण गर्ने नेपाली शेर्पा गाइडहरुमा लाक्पा शेर्पा, मिङदोर्ची शेर्पा, पेम्वा रिता शेर्पा, ल्हाक्पा ग्याजेन शेर्पा, मिङमा दोर्ची शेर्पा, छिरिङ नाम्गेल शेर्पा, पेम्वा दोर्ची शेर्पा र टासि शेर्पा रहेका छन् ।