बुद्धले असार २५ गतेबाट पुनः राजविराज उडान गर्दै

<p>काठमाडाैं । निजी क्षेत्रका लगानीमा सञ्चालित बुद्ध एयरले शुक्रबार (असार २५) गतेबाट पुनः राजविराज उडान सञ्चालन गर्ने तयारी गरेको छ । दोस्रो लहरको कोरोना संक्रमणका कारण गत बैशाख २० गतेबाट रोकिएको हवाई उडान पुनः सुरु भएसगैँ बुद्धले उक्त गन्तव्यमा उडानको तयारी गरेको हो । बुद्धले उक्त गन्तव्यमा असार २५ गतेबाट दैनिक एक उडान हुने जनाएको छ । [&hellip;]</p>

काठमाडाैं । निजी क्षेत्रका लगानीमा सञ्चालित बुद्ध एयरले शुक्रबार (असार २५) गतेबाट पुनः राजविराज उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

दोस्रो लहरको कोरोना संक्रमणका कारण गत बैशाख २० गतेबाट रोकिएको हवाई उडान पुनः सुरु भएसगैँ बुद्धले उक्त गन्तव्यमा उडानको तयारी गरेको हो । बुद्धले उक्त गन्तव्यमा असार २५ गतेबाट दैनिक एक उडान हुने जनाएको छ ।

बुद्धसँग हाल ७२ सिट क्षमतायुक्त एटिआर ७२–५०० सिरिजका जहाज १० थान, ४७ सिट क्षमतायुक्त ‘एटिआर४२–३२०’ सिरिजका तीनथान र १९ सिटयुक्त ‘बिचक्राफ्टख१९००डी’ खसिरिजका दुईथान गरी १५ जहाजवाट विभिन्न गन्तव्यमा उडान गर्दै अाएकाे छ ।

निषेधाज्ञाअघि बुद्धले दैनिक १ सय २० भन्दा बढी उडानमार्फत औसत ७ हजारहाराहारी यात्रुलाई गन्तव्य पु¥याउँदै आएको थियो।

अहिले निषेधाज्ञाबीच सरकारले कूल आन्तरिक उडानको ५० प्रतिशतमात्र गर्न दिएका कारण बुद्धको दैनिक करिब ३१ वटा उडान गर्दै आएको छ ।

Share News