नेपालीले लगाएका दुवै काेभिड खोपलाई युरोपले मान्यता दिएन, सरकार भन्छ: थाहा छैन

<p>काठमाडौं । नेपालीले लगाएको दुवै कोरोना विरुद्दको खाेपलाई युराेपियन युनियन (ईयू) ले मान्यता नदिने भएको छ । युरोपियन युनियनले नेपालमा प्रयोग भइरेहेको दुइटै भ्याक्सिन कोभिडशिल्ड र भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई यात्रा गर्नबाट पनि राेक लगाउने भएकाे हाे । अन्तर्राष्ट्रिय संचारमाध्यम क्वार्टजका अनुसार युरोपियन युनियनले जुलाई १ गतेबाट लागु गरेकाे नयाँ पासपोर्ट नियम अनुसार भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिडशिल्डलाई मान्यता [&hellip;]</p>

काठमाडौं । नेपालीले लगाएको दुवै कोरोना विरुद्दको खाेपलाई युराेपियन युनियन (ईयू) ले मान्यता नदिने भएको छ । युरोपियन युनियनले नेपालमा प्रयोग भइरेहेको दुइटै भ्याक्सिन कोभिडशिल्ड र भेरोसेल भ्याक्सिन लगाएकाहरुलाई यात्रा गर्नबाट पनि राेक लगाउने भएकाे हाे ।

अन्तर्राष्ट्रिय संचारमाध्यम क्वार्टजका अनुसार युरोपियन युनियनले जुलाई १ गतेबाट लागु गरेकाे नयाँ पासपोर्ट नियम अनुसार भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिडशिल्डलाई मान्यता नदिने भएको हो । यद्यपि इयुले एस्ट्राजेनेकाले उत्पादन गरेको भ्याक्सजेब्रियालाई भने यात्रामा कुनै पनि प्रकारको प्रतिबन्ध नलगाउने भएकाे हाे ।

यस्तै, चीनले उत्पादन गरेको भेराे सेललाई पनि इयुले आफ्नो सूचीमा राखेको छैन । इयुले युरोपियन मेडिसन एजेन्सीले मान्यता दिएको चारवटा खोप लगाएकालाई मात्र बिना कुनै बाधा यात्रा गर्न दिने जनाएको छ ।

यी चार मान्यता पाउने खोप बायोटेकरपिफाइजरको कोभिरन्याटी, मोडर्नाको स्पाइकभ्याक्स, एस्ट्राजेनेकाको भ्याक्सजेभरिया र जोनसोन एण्ड जोनसोनको ज्यानसेन रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. कृष्ण पौडेलले यस विषयमा आफुले पनि मिडियामा देखेको तर यकिन थाहा नभएकाे बताए । ‘यो सूचना कतिको अथेन्टिक हो भन्ने मलाई पनि थाहा छैन । जहाँसम्म मलाई थाहा छ हामीले लगाएको भ्याक्सिनलाई पनि अमेरिकाले मान्यता दिएको हो । यदि यो सूचना सहि रहेछ भने यो हाम्रो हातमा रहेको विषय होइन,’ उनले भने ।

पौडेलले नेपालले मात्र नभएर भारत लगायत अन्य धेरै देशहरुमा यस खोपको प्रयोग भएकाले सबैलाई केही समस्या हुने बताए । उनका  अनुसार यसले पुरै यात्रामा प्रतिबन्ध भन्दा पनि युरोपियन युनियनका देशहरुमा यात्रा गर्दा होटल क्वारेन्टिन तथा पीसीआर नतिजाको आवश्यक पर्न सक्ने बताए ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले इयुले यस्तो गरे धेरै नेपालीलाई यात्रामा समस्या पर्ने बताए । ‘नेपालीले लगाएको कोभिडशिल्ड खोप एस्ट्राजेनेकाको फर्मुलाले बनाइएको हो, यो इयुले प्रतिबन्ध लगाएको मैले पनि सुनेको छ तर के कारणले लगाएको हाे मैले बुझ्न पाएको छैन,  यदि लगाएको हो भने धेरै नेपालीलाई अप्ठ्यारो पर्छ, त्यसैले यसमा सरकारले विशेष ध्यान दिएर पहल गर्न आवश्यक छ,’ उनले भने ।

यस्तै, खोप महाशाखा प्रमुख डा. झलक कुमार गौतमले पनि यस विषयमा आफुलाई जानकारी नरहेको बताए । उनका अनुसार हालसम्म नेपालमा दुवै खोप पहिलो डोज लगाउनेको संख्या २५ लाखभन्दा बढी रहेको छ भने दोस्रो डोज लगाउनेको संख्या ९ लाख ५० हजार बढी रहेको छ । विश्व स्वास्थ्य संगठनले एस्ट्राजेनेकालाई आपत्तकालिन प्रयोगको लागि मान्यता दिएको थियो ।

Share News