आजदेखि अध्यागमन विभागको सम्पूर्ण सेवा सुचारु

<p>काठमाडौं । आजदेखि अध्यागमन विभागको स्थगित भएको सम्पूर्ण सेवाहरु पुनः सुरु भएको छ । विभागले कोभिड संक्रमण घट्दै गएको तथा अन्तर्राष्ट्रिय एवं आन्तरिक उडानसमेत सुचारु हुन थालेसँगै सेवा सञ्चालन गरिएको जनाएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै यसअघि रोकिएका सम्पूर्ण कामहरु शुक्रबारदेखि पुनः सुचारु हुुने जनाएको हो । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा [&hellip;]</p>

काठमाडौं । आजदेखि अध्यागमन विभागको स्थगित भएको सम्पूर्ण सेवाहरु पुनः सुरु भएको छ ।

विभागले कोभिड संक्रमण घट्दै गएको तथा अन्तर्राष्ट्रिय एवं आन्तरिक उडानसमेत सुचारु हुन थालेसँगै सेवा सञ्चालन गरिएको जनाएको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै यसअघि रोकिएका सम्पूर्ण कामहरु शुक्रबारदेखि पुनः सुचारु हुुने जनाएको हो ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेगरी भिसासम्बन्धी सबै सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागको भनाइ छ ।
गत वैशाख १५ (अप्रिल २८) सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा प्रस्थानको समयमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा भनिएको छ ।

यस्तै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयमा आवेदन गरेमा विलम्ब शुल्क र जरीवाना नलिई भिसा नियमित गरिनेछ ।

असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने उल्लेख छ ।

Share News