जीवन विकास लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

<p>काठमाडौं । जीवन विकास लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार ११ गतेदेखि सेयर निष्काशन भएको संस्थाको आज(असार १५ गते) ४ कार्यदिनसँगै बिक्री बन्द हुने भएको हो । यससँगै इच्छुकले आज अपरान्ह ५ बजेभित्र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । साथै, हालसम्म १९ लाख बढीले संस्थाको सेयरमा आवेदन दिइसकेका [&hellip;]</p>

काठमाडौं । जीवन विकास लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार ११ गतेदेखि सेयर निष्काशन भएको संस्थाको आज(असार १५ गते) ४ कार्यदिनसँगै बिक्री बन्द हुने भएको हो ।

यससँगै इच्छुकले आज अपरान्ह ५ बजेभित्र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

साथै, हालसम्म १९ लाख बढीले संस्थाको सेयरमा आवेदन दिइसकेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजेसम्ममा १९ लाख ४६ हजार ७३५ जनाले २ करोड ९३ लाख २१ हजार कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५.८७ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

थप सामाग्री

जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने

जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल

जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव

Share News