थोकमा बजेटको आलोचना नगरौं, कोभिड महामारीको बेलामा सरकार हात बाधेर बस्न सक्दैनः अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड महामारीको अहिलेको अवस्थामा पूर्ण नल्याएर सरकार हात बाधेर बस्न नसक्ने बताएका छन् । बजेटपछि नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको छलफल कार्यक्रममा भाग लिदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अहिले कोभिड महामारीको विषय परिस्थिति रहेकोले पूर्ण बजेट ल्याएर महामारीसँग जुध्न सरकारले पहल गरेको उनले बताए । ‘केही आलोचकहरुले [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड महामारीको अहिलेको अवस्थामा पूर्ण नल्याएर सरकार हात बाधेर बस्न नसक्ने बताएका छन् ।

बजेटपछि नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको छलफल कार्यक्रममा भाग लिदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अहिले कोभिड महामारीको विषय परिस्थिति रहेकोले पूर्ण बजेट ल्याएर महामारीसँग जुध्न सरकारले पहल गरेको उनले बताए ।

‘केही आलोचकहरुले बजेटका कुनै कार्यक्रम, नीति वा सैद्धान्तिक विषयमा आलोचना गरेको मैले पाएको छैन, खाली बजेट ल्याउनु हुँदैनथ्यो भन्ने हिसावले थोकमा विरोध भइरहेको छ, कोभिड महामारीको यस्तो विषय परिस्थितिमा बजेट ल्याएर महामारीसँग जुध्न सरकारले पूर्ण बजेट ल्याएको हो, यसमा नअल्मलिन सबै पक्षसँग आग्रह गर्दछु,’ मन्त्री पौडेलले भने ।

उनले कोभिड महामारीको कारण आम नागरिक, निजी क्षेत्र तथा अन्य सबै पक्षले भोगेको समस्या समाधान गर्न बजेट ल्याइएको भन्दै उनले बजेटप्रति सबै सरोकारवालाले स्वागत गरेकोले आफूले ल्याएको बजेट सकारात्मक भएको प्रमाणित भएको पनि बताए ।

Share News