ताप्लेजुङको सुकेटारस्थित विमानस्थल अब ‘रविन्द्र अधिकारी विमानस्थल’

<p>काठमाडाैं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व. रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेको छ । तत्कालीन पर्यटन मन्त्री अधिकारीको सम्मानमा सरकारले  उक्त विमानस्थलको नामाकरण गरेको हाे । उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । मन्त्री अधिकारीसगैँ मृत्यु भएका यती सूमहका संस्थापक स्व.आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिएकाे छ [&hellip;]</p>

काठमाडाैं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व. रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेको छ । तत्कालीन पर्यटन मन्त्री अधिकारीको सम्मानमा सरकारले  उक्त विमानस्थलको नामाकरण गरेको हाे ।

उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

मन्त्री अधिकारीसगैँ मृत्यु भएका यती सूमहका संस्थापक स्व.आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिएकाे छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

Share News