निर्माणाधिन दुई विमानस्थलका लागि १२ अर्ब बजेट

<p>काठमाडौं । सरकारले निर्माणधीन दुई विमानस्थल निर्माणका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । जसमा भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो । यस्तै सरकारले आन्तरिक विमानस्थलको क्षमता विस्तार तथा मर्मत सम्भारका लागि १ अर्ब ३३ करोड [&hellip;]</p>

काठमाडौं । सरकारले निर्माणधीन दुई विमानस्थल निर्माणका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।

जसमा भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो ।

यस्तै सरकारले आन्तरिक विमानस्थलको क्षमता विस्तार तथा मर्मत सम्भारका लागि १ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ । जसमा इलाम, गुल्मी र डोल्पामा रहेका विमानस्थलमा परीक्षण उडान गर्ने, सुर्खेत र विराटनगर विमास्थलको विस्तार गर्ने, ओखलढुंगाा, ताप्लेजुङ विमानस्थलको धावनमार्ग विस्तार गरिनेछ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

Share News