
काठमाडौं । प्रभु क्यापिटलले कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा विभिन्न सामाग्रीहरु वितरण गरेको हो ।
यससँगै समविकास नेपालले अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड-१९ का बिरामीहरुलाई उक्त स्वास्थ्य सामाग्रीहरु वितरण गर्नेछ ।