नियमित उडान स्थगित भएपछि ६ हजार बढीले गरे हवाई यात्रा

<p>काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सरकारले गत बैशाख २१ गते आन्तरिक तथा बैशाख २४ गतेदेखि अन्तराष्ट्रिय उडान स्थगित गरेको छ । नियमित उडान स्थगित भएपनि चार्टर्ड, कार्गाे तथा उद्धारहरु भने धमाधम हुने गरेका छन् । उडान स्थगित भएको २१ दिनको अबधिमा ६ हजार बढीले हवाई यात्राबाट सेवा लिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सरकारले गत बैशाख २१ गते आन्तरिक तथा बैशाख २४ गतेदेखि अन्तराष्ट्रिय उडान स्थगित गरेको छ । नियमित उडान स्थगित भएपनि चार्टर्ड, कार्गाे तथा उद्धारहरु भने धमाधम हुने गरेका छन् ।

उडान स्थगित भएको २१ दिनको अबधिमा ६ हजार बढीले हवाई यात्राबाट सेवा लिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २१ दिनको अवधिमा आन्तरिक तर्फ २ हजार ६१२ जना र अन्तराष्ट्रिय तर्फ ४ हजार १७३ जनाले सेवा लिएका हुन् ।

आन्तरिक तर्फ अधिकांश कोरोना संक्रमितको उद्धार तथा विभिन्न स्थानमा रोकिएका विदेशीको उद्धार गरिएको थियो । यस्तै अन्तराष्ट्रिय उडान तर्फ समेत अधिकांश विदेशी नागरिकले सेवा लिएका छन् । एयर बबल अवधारण अनुसार सातामा दुई उडान भारतको नयाँदिल्लीमा भएपनि अन्य गन्तव्यमा चार्टर्ड उडान मार्फत विदेशीले सेवा लिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ४ मे देखि २४ मेसम्म २१ दिनमा आन्तरिक तर्फ ९ सय १८ वटा उद्धार उडान तथा अवतरण भएका छन् ।

विभिन्न जिल्लामा भएका कोभिड संक्रमित बिरामीको उद्धार गरिएको थियो । उक्त उद्धार मध्ये काठमाडौं ल्याउने भन्दै उपत्यका बाहिर जानेको संख्यामा बढी रहेको पाइएको छ । २१ दिनको अबधिमा आन्तरिक उडानतर्फ ८२ हजार केजी सामान समेत ओसार–पोसार भएको छ ।

१४३ अन्तर्राष्ट्रिय उडान

सरकारले आन्तरिक उडान बन्द गरेको तीन दिनपछि भारत बाहेकका गन्तव्यमा हुने नियमित उडान बन्द गरेको थियो । नियमित उडान बन्द भएपनि चार्टर्ड, उद्धार तथा कार्गाे उडान मार्फत उक्त अबधिमा १ सय ४३ वटा अन्तराष्ट्रि उडान तथा अवतरण भएका छन् ।

उक्त उडान मार्फत ४ हजार १७३ जनाले सेवा लिएका थिए भने ९ लाख ३० हजार ८१९ किलो सामान ओसार पसार भएका छन् ।

गत बैशाख २३ गतेदेखि स्थगित भएको अन्तराष्ट्रिय उडान आगामी जेठ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

Share News