बजेट अध्यादेशमार्फत आउने, कोभिड केन्द्रित कार्यक्रमले प्राथमिकता पाउने प्रधानमन्त्रीको भनाई

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत बजेट आउने बताएक छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका हुन् । उनले १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने तर्क गरेका हुन् । बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत बजेट आउने बताएक छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका हुन् ।

उनले १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने तर्क गरेका हुन् । बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने बताउँदैर्यो विकासका साह्रै ठूला आकांक्षा नराख्ने बताए ।

Share News