काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरको नयाँ भाडदर सार्वजनिक गरेको छ ।
वि.स २०७२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गरेको भाडादरमा केही घटाएर प्राधिकरणले बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ भाडादर अनुसार एएस ३५०बी सिरिजका हेलिकप्टरको भाडा प्रतिघण्टा एक हजार २ सय अमेरिकी डलर बनाईएको छ । यसअघि उक्त सिरिजको भाडा एक हजार ५ सय अमेरिकी डलर रहेको थियो । यस्तै आर ४४/आर–४६ को भाडा प्रतिघण्टा १ हजार डलर कायम गरिएको छ । यसअघि उत्त, सिरिजको भाडा एक हजार ६ सय अमेरिकी डलर रहेको थियो ।
महामारीको समयमा नेपाली नागरिकलाई सहुलियत होस भनेर भाडा घटाउन निर्देशन यसअघि दिएको छ । हेलिकोप्टरको भाडा घटे पनि कोरोना संक्रमित बिरामी बोक्नका लागि भने प्रति उडान थप १ लाख रुपैयाँ लाग्ने छ ।
हेलिकप्टर सेवाप्रदायकहरुले बिरामीका लागि मेडिकल टिम तथा उपकरणको व्यवस्था तैनाथ राख्नुपर्ने भएकाले अतिरिक्त शुल्क आवश्यक हुने बताउँदै आएका छन् । प्राधिकरणले हेलिकप्टर आवश्यक भएमा बिचौलियासँग सम्पर्क नगरी सिधै कम्पनीमा सम्पर्क गर्न नम्बर समेत सार्वजनिक गरेको छ ।
यी हुन हेलिकोप्टर कम्पनीका सम्पर्क नम्बर :
१ अल्टिच्युड एयरस् ९८०१२४९९१७र९८०१२९९०७र०१४४८९३००
२ हेली एभरेष्टस् ९८४१५५७५०९र९८१३२४०१३९र०१४११३०६६
३ कैलाश हेलिकप्टरस् ९८५१०३००१३र९८५११२९२५४र०१५९००५०१
४ मनाङ्ग एयरस् ९८०११८०४६२र९८०११८०४६३र०१४४८८०१६
५ श्री एयरलाइन्सस् ९८५१०२६१९७र९८०२३०००२३र९८५१०१२५०५
६ सिम्रिक एयरस् ९८५१०१०६९६र९८५१०१०६९८र०१४१५५३४०