काठमाडौं । विदेशी नागरिकका लागि मात्र खुला गरिएको चार्टर्ड उडानमा अब नेपाली नागरिक पनि जान पाउँने भएका छन् ।
नियमित उडान बन्द हुँदा नेपालमा रोेकिएका विदेशी तथा भारतीय नागरिकका लागि मात्र चार्टर्ड उडानको अनुमति दिइएको भन्दै विरोध भएपछि सरकारले नेपाली पनि चार्टर्ड उडानमा विदेश जान पाउने जनाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बुधबार अध्यागमन विभाग र नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाउँदै नेपालीका लागि पनि चार्टर्ड उडान खुला गरिएको जनाएको हो ।
मन्त्रालयको उक्र निर्णयपछि अब विदामा नेपाल आएका तथा अध्ययनका लागि विदेश जाने तयारी गरेका नेपालीहरु चार्टर्ड उडान मार्फत सम्बन्धीत देशमा जान सक्नेछन ।
गत वैशाख २३ गतेदेखि भारत बाहेका देशमा हुने नियमित उडानमा प्रतिबन्ध लगाईएपनि चार्टर्ड, उद्धार तथा कार्गाे उडानहरु हुदैँ आएका छन् ।
पछिल्लो समय नेपालमा रोकिएका अमेरिका लगायतका देशका नागरिकहरु चार्टर्ड उडान मार्फत स्वदेश फर्किएका छन् । यस्तै, नेपालमा रोकिएका भारतीय नागरिक साउदी अरेबिया पुर्याउनका लागि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अनुमति पाएका छन् ।