बुधबार १७ अन्तराष्ट्रिय उडान तथा अवतरण

<p>काठमाडौं । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १७ वटा अन्तराष्ट्रिय उडान तथा अवतरण हुने भएको छ । गत बैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि बुधबार सबैभन्दा धेरै उडान हुन लागेको हो । विमानस्थल कार्यालयका अनुसार आज सबैभन्दा धेरै उडान नेपाल वायुसेवा निगमको रहेको छ । निगमको चार वटा उडान तथा ५ वटा अवतण गरी ९ वटा [&hellip;]</p>

काठमाडौं । बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १७ वटा अन्तराष्ट्रिय उडान तथा अवतरण हुने भएको छ । गत बैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि बुधबार सबैभन्दा धेरै उडान हुन लागेको हो ।

विमानस्थल कार्यालयका अनुसार आज सबैभन्दा धेरै उडान नेपाल वायुसेवा निगमको रहेको छ । निगमको चार वटा उडान तथा ५ वटा अवतण गरी ९ वटा उडान रहेको छ । यस्तै, हिमालय एयरलाइन्सको तीन वटा अवतरण तथा एक वटा उडान रहेको छ भने सिचुवान एयरलाइन्सकाे कार्गो उडान तथा अवतरण रहेको छ ।

यस्तै बुधबार नै निगमले एयर बबल अवधारण अन्तरगत भारतको नयाँदिल्लीमा उडान गर्दैछ ।

गत बैशाख २३ गतेदेखि बन्द भएको अन्तराष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गरिएको छ । नियमित रुपमा हुने अन्तराािष्ट्रय उडान बन्द भएपनि सरकारले चार्टर्ड, उद्धार तथा कार्गो उडानलाई अनुमति दिदैँ आएको छ ।

Share News