डोटी अस्पतालमा अक्सिजन प्लान्टका लागि डेढ करोड रुपैयाँ विनियोजन

<p>डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । जिल्लामा [&hellip;]</p>

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

जिल्लामा अक्सिजन पाइप लाइन र प्लान्ट स्थापना भएपछि उपचारमा सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए ।

जिल्ला अस्पतालका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार अक्सिजन प्लान्ट कम्तीमा पनि एक महिनामा स्थापना भइसक्ने छ । पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । रासस

Share News