उद्योगीले अक्सिजन उद्योग सञ्चालन गर्न आधारदरमै ऋण पाउने, ५० करोडसम्मको पुनरकर्जा सुविधा

<p>काठमाडौं । अब अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैंकहरुले आधारदरमै ऋण उपलब्ध गराउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै सो सुविधा दिएको हो । कोरोना भाइरसको कारण अक्सिजनको माग बढेपछि राष्ट्र बैंकले अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको बताएको छ । नेपालमा हाल [&hellip;]</p>

काठमाडौं । अब अक्सिजन उत्पादन गर्न चाहने उद्योगी तथा व्यवसायीलाई बैंकहरुले आधारदरमै ऋण उपलब्ध गराउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै सो सुविधा दिएको हो ।

कोरोना भाइरसको कारण अक्सिजनको माग बढेपछि राष्ट्र बैंकले अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ब्याजदर दिने नीतिगत निर्णय गरेको बताएको छ ।

नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दर मिलाएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने राष्ट्र बैंकले बताएको छ ।

Share News