विराट शिक्षण अस्पतालमा कुटपिटको वातावरण कसरी बन्यो ?

<p>काठमाडौं । हुनत विगत देखि नै विभिन्न स्वास्थ्य संस्थाहरुमा कुटपिट तथा आन्दाेलन गर्ने घटना नभएका होइनन् । अस्पतालले बिरामी वेवास्ता गरेका कारण मृत्यु भएको भन्दै लामो समयदेखि विभिन्न अस्पतालहरुमा आन्दोलन हुने, कुटपिट हुने लगायतका घटना भइरहेका हुन्छन् । यस्तै, घटना फेरि विराटनगरमा पनि दोहोरिएको छ । अहिले अस्पतालका स्वास्थ्यकमीहरुमार्थी युवकहरुले कुटपिट गरिरहेको भिडियो समाजिक सञ्जालमा [&hellip;]</p>

काठमाडौं । हुनत विगत देखि नै विभिन्न स्वास्थ्य संस्थाहरुमा कुटपिट तथा आन्दाेलन गर्ने घटना नभएका होइनन् । अस्पतालले बिरामी वेवास्ता गरेका कारण मृत्यु भएको भन्दै लामो समयदेखि विभिन्न अस्पतालहरुमा आन्दोलन हुने, कुटपिट हुने लगायतका घटना भइरहेका हुन्छन् ।

यस्तै, घटना फेरि विराटनगरमा पनि दोहोरिएको छ । अहिले अस्पतालका स्वास्थ्यकमीहरुमार्थी युवकहरुले कुटपिट गरिरहेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि एक समूहले कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

युवकहरुले अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि गरेका हुन् । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

स्वास्थ्यकर्मीहरुलाई कुटपिट गर्नेहरुम बूढीगङ्गा २ का २८ वर्षी निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूह रहेको बताइएको छ । अहिले उनीहरु प्रहरीको नियन्त्रणमा छन् ।

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला स्वास्थ्यकर्मी माथि कुटपिट भएको अस्पतालका कोरोना भाइरस १९ फोकल पर्शन सुनील देवले जानकारी दिए ।

उनीहरुले उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै स्वास्थ्यकर्मीहरु माथि कुटपिट गरेको बुझिएको छ ।

Share News