आन्तरिक उडान अनिश्चितकालका लागि स्थगीत

<p>काठमाडौं । सरकारले आन्तरिक उडान अनिश्चितकालका लागि स्थगीत गरेको छ । यसअघि नियमित रुपमा हुने आन्तरिक उडान बैशाख मसान्तभरका लागि स्थगीत गरिएको उडान अनिश्चितकालका लागि स्थगीत भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले (क्यान) ले अर्काे सूचना जारी नहुँदा सम्मका लागि उडान स्थगीत भएको जनाएको छ । वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द भएको थियो । नियमित [&hellip;]</p>

काठमाडौं । सरकारले आन्तरिक उडान अनिश्चितकालका लागि स्थगीत गरेको छ ।

यसअघि नियमित रुपमा हुने आन्तरिक उडान बैशाख मसान्तभरका लागि स्थगीत गरिएको उडान अनिश्चितकालका लागि स्थगीत भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले (क्यान) ले अर्काे सूचना जारी नहुँदा सम्मका लागि उडान स्थगीत भएको जनाएको छ । वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द भएको थियो । नियमित उडान बन्द भएपछि उद्धार, चार्टर्ड लगायतका उडानहरुका लागि विशेष अनुमति दिदैँ आएको छ ।

यस्तै, वैशाख २३ गतेदेखि बन्द भएको अन्तराष्ट्रिय उडान भने जेठ १७ गतेसम्मका लागि स्थगीत भएको छ । अन्य गन्तव्यको उडान स्थगीत भएपनि एयर बबल अवधारण अन्तरगत भारतमा भने सातामा २ उडान हुँदै आएको छ ।

Share News