निगमका महाप्रबन्धक भन्छन्ः आगामी १०/१२ दिनमै अक्सिजनको समस्या समाधान हुन्छ

<p>काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने बताएका छन् । उनले नेपाल सरकार सम्बद्द सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने जनाएका हुन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा एक सूचना राख्दै साे कुरा बताएका हुन् ।  यस्तै उनले निगमका सबै जहाज तयारी अवस्थामा राखिएको बताएका [&hellip;]</p>


काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने बताएका छन् । उनले नेपाल सरकार सम्बद्द सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने जनाएका हुन् ।

उनले बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा एक सूचना राख्दै साे कुरा बताएका हुन् ।  यस्तै उनले निगमका सबै जहाज तयारी अवस्थामा राखिएको बताएका छन् । उनले सरकारले भनेको अवस्थामा स्वास्थ्य सामग्री ल्याउनेदेखि उद्धार उडान गर्न सबै जहाज तयारी अवस्थामा राखिएको बताएका हुन् ।

पछिल्लो समय नेपालका अधिकांश स्थानमा अक्सिजन अभावका कारण धेरै कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश विरामी अक्सिजन अभावका कारण मृत्यु भएको र देशकै ठूला अस्पतालहरुले अक्सिजन अभावका कारण उपचार गर्न नसक्ने भन्दै हात उठाउँदै आएका छन् ।

नेपालमा अक्सिजन र सिलिण्डर अभाव भयो भनिरहँदा चीन लगायत धेरै देशबाट सहयोग दिने बताईसकेका छन् । जसमा चीन, बंगलादेशबाट अक्सिजन सिलिण्डर नेपाल ल्याईसकिएको छ । नेपाल वायुसेवा निगमले सरकारलाई आवश्यक परेमा जहाज उपलब्ध गराउन तयारी भएको उनकाे भनाई छ ।

Share News