सोमबारको आन्तरिक उडान यथावत, बुधबार रातीदेखि केही देशका अन्तराष्ट्रिय उडान बन्द

<p>काठमाडौं । पछिल्लो समय नेपालमा दोस्रो चरणको कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्यरातीदेखि आन्तरिक हवाई उडान तथा बुधबार मध्यरातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले बैशाख मसान्तसम्म उडान बन्दको निर्णय गरेको हो । आन्तरिक उडान [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपालमा दोस्रो चरणको कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्यरातीदेखि आन्तरिक हवाई उडान तथा बुधबार मध्यरातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले बैशाख मसान्तसम्म उडान बन्दको निर्णय गरेको हो ।

आन्तरिक उडान बन्दको निर्णयसँगै सोमबारका लागि तय भएका सबै उडानहरु सुचारु हुने भएका छन् । वायुसेवा प्रदायक कम्पनीले आजका लागि तय भएको सेड्युल अनुसारका सबै उडान सुचारु हुने जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै विमानस्थलको भीड कम गरी आन्तरिक उडान सुचारु गर्ने जनाएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि पछिल्लो समय आन्तरिक टर्मिनलमा यात्रुहरुको भिडबढी बढी भएको गुनासोका आधारमा विमानस्थल कार्यालयले प्रतिघन्टा तीन वटा उडानको निर्णय गरेको थियो ।

कार्यालयले हाल आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीलाई उडानको कोटा तोकेको थियो । उक्त कोटा अनुसार आज ४१ वटा उडान हुनेछन् । जसमा बुद्ध एयरले १८, यतीले १०, श्रीले ५, स्टले २ र साना जहाजले लागि ६ वटा उडानको कोटा पाएका छन् ।

सोमबारमध्यरातीदेखि आन्तरिक उडान बन्दको निर्णयसगैँ वायुसेवा कम्पनीहरुले विमानस्थल कार्यालयमा उडान थपको आग्रह गरेका छन् ।

‘हामीलाई धेरै यात्रुले आजका लागि थप उडान गर्न अनुरोध गर्नुभएको छ । भोलीदेखि उडान बन्द हुन्छ । आजका लागि केही उडान थप हुनसकेमा अतिआवश्यक परेका यात्रुहरुले सेवा पाउन सक्थे । यात्रुको अनुरोधका आधारमा हामीले विमानस्थल कार्यालयलाई अनुरोध गरेका छौँ’, बुद्ध एयर स्रोतले भन्यो ।

तीन देशका उडान बन्द

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले तीन देशमा हुँदै आएको अन्तराष्ट्रिय उडान बन्दको निर्णय गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार भारत, ब्राजिल र दक्षिण अफ्रिकामा हुने सबै उडान बन्द हुनेछ ।

‘हामीलाई तीन देशको उडान बन्द भएको मौखिक जानकारी आएको छ । केही सञ्चारमाध्यममा सबै अन्तराष्ट्रिय उडान बन्दको निर्णय भन्ने आएको छ । आज हामीलाई आधिकारीक पत्र आएपछि मात्र कति देशको भन्ने जानकारी आउँछ’, प्राधिकरण स्रोतले भन्यो, ‘आज मध्यरातदेखि आन्तरिक उडान सबै बन्द हुन्छ ।’

Share News