काठमाडौं–हङकङ उडानमा रोक

<p>काठमाडौं । हङकङ सरकारले काठमाडौंबाट हुँदै आएकोे उडानमा रोक लगाएको छ । पछिल्लो समय नेपालमा दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि भएपछि हङकङ सरकारले नेपालबाट हुँदै आएको उडानमा रोक लगाएको हाे । हङकङले शनिबारदेखि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सम्पूर्ण उडानहरु रोक लगाएको जनाइएकाे छ । यसअघि भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशबाट हुने उडानमाफि प्रतिबन्ध [&hellip;]</p>

काठमाडौं । हङकङ सरकारले काठमाडौंबाट हुँदै आएकोे उडानमा रोक लगाएको छ ।

पछिल्लो समय नेपालमा दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि भएपछि हङकङ सरकारले नेपालबाट हुँदै आएको उडानमा रोक लगाएको हाे । हङकङले शनिबारदेखि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सम्पूर्ण उडानहरु रोक लगाएको जनाइएकाे छ ।

यसअघि भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशबाट हुने उडानमाफि प्रतिबन्ध लगाएको हङकङले नेपालबाट हुने उडानमा समेत रोक लगाएको हो ।

यता काठमाडौं–हङकङ उडान गर्दै आएको नेपाल वायुसेवा निगमले भने उडान बन्दको विषयमा आधिकारीक जानकारी नआएको जनाएको छ ।
‘हङकङ सरकारले नेपालको उडानमा रोक लगाएको भन्ने आधिकारीक जानकारी आइसेकेको छैन । आधिकारीक रुपमा जानकारी आएपछि उडान बन्द हुन्छ । जानकारीन आउँदा सम्म उडान यथावत नै रहन्छ’, निगम स्रोतले भन्यो ।

Share News