निषेधाज्ञाको तयारीपछि बुद्ध एयरले थप्यो उडान संख्या

<p>काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान संख्या थप गरेको छ । सरकारले बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाकामा निषेधाज्ञाको तयारी गरेको भन्दै बुद्धले उडान संख्या थप गरेको जनाएको छ । सोमबार बुद्ध एयरले एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञापछि आउजाउ गर्न नसक्ने भन्दै आजैबाट सबै गन्तव्यमा उडान संख्या थप भएको जनाएकोे हो। उडान [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान संख्या थप गरेको छ । सरकारले बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाकामा निषेधाज्ञाको तयारी गरेको भन्दै बुद्धले उडान संख्या थप गरेको जनाएको छ ।

सोमबार बुद्ध एयरले एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञापछि आउजाउ गर्न नसक्ने भन्दै आजैबाट सबै गन्तव्यमा उडान संख्या थप भएको जनाएकोे हो।

उडान संख्था थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुने अपेक्षा रहेको जनाईएको छ । बुद्ध एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको छ । उडानका क्रममा तापक्रम चेकजाँज, फेशशिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्याण्ड सेनिटाइज गर्ने गरेको छ, विज्ञप्तीमा भनिएको छ ।

बुद्धले हाल विभिन्न गन्तव्यमा ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट उडान गरिरहेको छ ।

भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।

Share News