बन्द हुदैँछ काठमाडौं-नयाँदिल्ली उडान ?

<p>काठमाडौं । पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्यामा वृद्धि भएसगैँ धेरै देशले भारतमा हुँदै आएका उडानहरु स्थगीत गरेका छन् । धेरै देशले कोरोना भाइरस फैलन नदिन भन्दै उडान नै स्थगीत गरेपनि काठमाडौबाट दैनिक एक/एक उडान हुँदै आएका छन् । धेरै देशले अस्थायी रुपमा उडान बन्द गरेपछि नेपाल सरकारले उडान पुनर्विचारको तयारी गरेको छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्यामा वृद्धि भएसगैँ धेरै देशले भारतमा हुँदै आएका उडानहरु स्थगीत गरेका छन् । धेरै देशले कोरोना भाइरस फैलन नदिन भन्दै उडान नै स्थगीत गरेपनि काठमाडौबाट दैनिक एक/एक उडान हुँदै आएका छन् ।

धेरै देशले अस्थायी रुपमा उडान बन्द गरेपछि नेपाल सरकारले उडान पुनर्विचारको तयारी गरेको छ । पछिल्लो समय भारतबाट धेरै भारतीय नागरिकहरु नेपाल भित्रिएपछि नेपालमा संक्रमितको संख्या बढ्न सक्ने भन्दै उडान सम्बन्धनमा छलफल भएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ ।

‘भारतमा अवस्था भयावह छ । भारतबाट काठमाडौं उडानको अकुपेन्सी फुल (जहाज भरीभराउ) छ । हाम्रो ध्यान तत्काल काठमाडौं–नयाँदिल्ली उडान बन्द गर्नपर्छ भन्ने छ’, क्यान स्रोतले भन्यो, ‘हामीले तत्काल उडान बन्द गर्नुपर्छ भनेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग जानकारी माग गरेका थियौँ । छलफल भएपनि मन्त्रालयबाट अनुमति पाईएको छैन ।’

क्यानका प्रवक्ता राजकुमार क्षेत्री नयाँदिल्लीमा हुदैँ आएको उडान पुनर्विचार गर्ने सम्बन्धमा छलफल भएपनि कुनै निर्णय नभएको बताउँछन् । ‘धेरै देशले भारत उडान स्थगित गरेका छन, हामीले पनि उडान सुचारु गर्ने कि बन्द गर्ने विषयमा छलफल गरेका छौँ, उडान पुनर्विचारको सम्बन्धमा छलफल भएपनि निर्णय भएको छैन’, उनले भने ।

नेपाल सरकारले कोरोना भाइरसका कारण बन्द गरेको उडान धेरै देशमा सुचारु भएपछि गत मंसिरबाट मात्र भारत उडान सुचारु गरिएको थियो । एयर बबल (दुई देशका राष्ट्रिय ध्वजावाहकको दैनिक एक/एक उडान) मार्फत उडान सुरु गरिएको थियो ।

हाल काठमाडौं–दिल्ली दैनिक एक/एक उडान हुन्छ । जसमा भारत सरकारको स्वामित्वमा सञ्चालित एयर इण्डिया र नेपाल सरकारको स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले दैनिक १–१ उडान गर्दै आएका छन् ।

अधिकांश देशले रोके भारत उडान

पछिल्लो समय भारतमा दोस्रो लहरको संक्रमण देखिएपछि अधिकांश देशले उडान भारत उडान बन्द गरेका छन् । हालसम्म क्यानडा, बेलायत, फ्रान्स, अष्ट्रेलिया, हङकङ, संयुक्त अरब इमिरेट्स, सिंगापुर, न्यूजील्याण्ड, साउदी अरब लगायतका देशले भारतमा उडान रोकेका हुन् ।

धेरै देशले भारतमा हुदैँ आएको उडान रोकेपछि भारतीय नागरिकका ट्राजिट हव काठमाडौँ विमानस्थल बनेको छ । साउदी सरकारले भारतमा हुँदै आएको उडान कोरोनाका कारण बन्द गरेपछि नेपाल हुँदै भारतीयहरु साउदी जाने गरेका छन् । धरै भारतीयहरु काठमाडौं–नयाँदिल्ली उडान मार्फत साउदी लगायतका विभिन्न गन्तव्यमा जाने गरेका छन् ।

भारतबाट नेपाल आएका भारतीय ७२ घन्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोटका आधारमा निफिष्की रुपमा घुम्दा नेपालमा संक्रमितको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ ।दैनिक तीन सयभन्दा बढी भारतीयहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (काठमाडौं विमानस्थल) हुँदै नेपाल भित्रने गरेका छन् ।

Share News