स्टे अडरकै भरमा ठूला क्यासिनो, बक्यौता एक अर्ब

<p>काठमाडौं । अर्बाैंको खेल खेलाउने चार क्यासिनो सञ्चालकका १३ क्यासिनोले सरकारलाई तिर्न बाँकी रोयल्टी रकम करिब एक अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७०÷०७१ देखि क्यासिनो सञ्चालकले सरकारलाई शुल्क बुझाएका छैनन् । उनीहरु शुल्क नबुझाई अदालत जाने गर्दा बक्यौता रकम थपिने गरेको पर्यटन विभागले जनाएको छ । ती क्यासिनोहरुको ७५ करोड एक लाख ५१ [&hellip;]</p>

काठमाडौं । अर्बाैंको खेल खेलाउने चार क्यासिनो सञ्चालकका १३ क्यासिनोले सरकारलाई तिर्न बाँकी रोयल्टी रकम करिब एक अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७०÷०७१ देखि क्यासिनो सञ्चालकले सरकारलाई शुल्क बुझाएका छैनन् । उनीहरु शुल्क नबुझाई अदालत जाने गर्दा बक्यौता रकम थपिने गरेको पर्यटन विभागले जनाएको छ । ती क्यासिनोहरुको ७५ करोड एक लाख ५१ हजार बढी रुपैयाँ बक्यौता रहेको छ ।

क्यासिनो ह्याप्पी आवर प्रालिले सञ्चालन गरेको ४ क्यासिनोले २१ करोड ५५ लाख रुपैयाँ बक्यौता रहेको छ ।

ह्याप्पीले आर्थिक बर्ष २०७३/०७४ बाट सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानी गरेको छैन । विभागको तथ्यांक अनुसार ह्याप्पीले २०७३/०७४ मा ५ करोड ३२ लाख ५० हजार रुपैयाँ, २०७४/०७५ मा ५ करोड ९० लाख रुपैयाँ, २०७५/०७६ मा ५ करोड २० लाख रुपैयाँ र २०७६/०७७ मा ५ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

क्यासिनो ह्याप्पी आवर प्रालिका गोकर्ण लामिछाने, सुरेन्द्रवहादर सिह, भोजबहादुर बम, शारदादेवि सिंहले होटल स्वीटहि«म महेन्द्रनगर, होटल लाकौल भैरहवा, होटल स्नेहा नेपालगञ्ज र होटल ढाका काकडभित्तामा गरी चार स्थानमा सञ्चालन गर्दै आएका छन् ।

त्यस्तै, क्यासिनो रक (रक इन्टरनेशनल प्रालि) ले सञ्चालन गरेको चार वटा क्यासिनोको बक्यौता रकम ११ करोड ४५ लाख रुपैयाँभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७०/०७१ देखि बक्यौता रकम भुक्तानी नगरेको उक्त क्यासिनो अदालतको स्टे अडरकै भरमा हालसम्म सञ्चालन भइरहेको छ ।

आर्थिक बर्ष २०७०/०७१ मा २ करोड ९१ लाख ३७ हजार रुपैयाँ, २०७१/०७२ मा ४ लाख ४५ हजार, २०७२/०७३ मा ५ लाख, २०७३/०७४ देखि २०७६/०७७ मा २/२ करोड गरी ११ करोड ४५ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ ।

किशोर सिलवाल र उषा सिलवालले सञ्चालन गर्दै आएको होटल साथी धनगढी, होटल सूरज विरगञ्ज, होटल नान्स भैरहवा, होटल रियाज काकडभित्तामा क्यासिनो सञ्चालन गरेका छन् ।

सेन्ट्ररल मिडिया प्रालिले सञ्चालन गरेको सि एम जी क्लब –मिनि क्यासिनो) ले होटल आपेरा महेन्द्रनगर, होटल भिस्वा विरगञ्ज, होटल रत्ना विराटनगर, होटल प्लाटिनियम ताहाचल काठमाडौंमा गरि चार स्थानमा सञ्चालन गरेको क्लबको १३ करोड बढी बक्यौता रकम रहेको छ ।

उक्त क्यासिनोले आर्थिक वर्ष २०७०/०७१ देखि सरकारलाई बुझाउनुपर्ने गर्नुपर्ने बक्यौता रकम भुक्तानी गरेको छैन ।

उक्त क्यासिनोले गत आर्थिक २०७०/०७१ मा ४ करोड ८७ लाख, २०७१/०७२ मा एक करोड ४० लाख, २०७३/०७४ देखि २०७५/०७६ सम्मको दुई करोड ४० गरी तीन वर्षको सात करोड २० लाख र २०७६/०७७ मा दुई करोड ९० लाख गरी सात वर्षको १३ करोड ३९ लाख ५० हजार बढी रुपैयाँ बक्यौता रहेको छ ।

यसैगरी पाँच तारे होटल र्याड क्यासिनो (भेनस रिक्रियशन प्रालि) ले आर्थिक वर्ष २०७०/०७१ देखि बक्यौता रकम भुक्तानी गरेको छैन । उक्त क्यासिनाले २०७०/०७१ मा ७ करोड २५ लाख, २०७१/०७२ मा ४ करोड ९० लाख, २०७२/०७३ मा एक करोड ९० लाख, २०७३/०७४ मा तीन करोड १५ लाख, २०७५/०७६ मा ५ करोड ४० लाख र २०७६/०७७ ६ करोड ५५ लाख गरी सात वर्षको २८ करोड ८० लाख बढी बक्यौता रकम रहेको छ ।

ठूला क्यासिनोका लागि तीन करोड र सानो क्यासिनोलाई ७५ लाख रुपैयाँ शुल्क तोकिएकोमा आर्थिक बर्ष २०७५/०७६ देखि क्यासिनो सञ्चालन रोयल्टी शुल्कमा वृद्धि भएको छ ।

नयाँ नियमावली अनुसार ठूला क्यानिसो सञ्चालन गर्दा चार करोड र साना क्यासिनो सञ्चालन गर्न एक करोड रुपैयाँ तिुर्नपर्ने हुन्छ । ठूलो क्यासिनो सञ्चालन गर्न २५ करोड पुँजी र सानो क्यासिनो सञ्चालन गर्न १५ करोड पुँजी आवश्यक पर्छ । यसको फाइदा उठाउँदै सञ्चालकले पहुँचका भरमा अदालतबाट अन्तरिम आदेश जारी गराएर क्यासिनो सञ्चालन गरिरहेका छन् ।

क्यासिनो रक २०७१ असार १३ गतेको अन्तरिम आदेशपछि बक्यौता रकम भुक्तानीबिनै सञ्चालन भइरहेको छ । यस्तै, सीएमजी क्लब (मिनी क्यासिनो) ले २०७१ साल साउन १५ गते, र्याड क्यासिनो र क्यासिनो ह्याप्पी आवरले २०७३ जेठ १६ गते अन्तरिम आदेश लिँदै क्यासिनो सञ्चालन गर्दै आएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७१ साल बैशाख ५ गते चारवटै क्यासिनो बन्द गर्न दिएको आदेश नमान्ने भन्दै क्यासिनो सञ्चालकहरु अदालत गएका थिए । अदालतले अन्तिम टुङगो नलागेसम्म कार्यान्वयन नगर्नु भन्दै सर्वाच्च अदालले २०७३ जेठ १६ गते निवेदकलाई यथावत पेशा, रोजगार र वयवसाय सञ्चालन गर्न दिनु भनी नियमावली २०४९ को नियम ४१ (१) बमोजिम क्यासिनो सञ्चाललको नाममा अन्तिरिक आदेश जारी गरेको थियो ।

Share News