१० हिमाल आरोहण गर्न ४१९ आरोहीले लिए अनुमति

<p>काठमाडौं । सन् २०२१ को वसन्त ऋतुको हिमाल आरोहण गर्न पर्यटन विभागबाट ४ सय १९ आरोहीले अनुमति लिएका छन् । स्वदेशी तथा विदेशी आरोहीको माग अनुसार विभागले १० हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ । शुक्रबार साँझसम्म विभागबाट ४९ समूहका ३२९ पुरुष तथा ९० जना महिला आरोहीले अनुमति लिएका हुन् । विभागबाट आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै [&hellip;]</p>

काठमाडौं । सन् २०२१ को वसन्त ऋतुको हिमाल आरोहण गर्न पर्यटन विभागबाट ४ सय १९ आरोहीले अनुमति लिएका छन् । स्वदेशी तथा विदेशी आरोहीको माग अनुसार विभागले १० हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ ।

शुक्रबार साँझसम्म विभागबाट ४९ समूहका ३२९ पुरुष तथा ९० जना महिला आरोहीले अनुमति लिएका हुन् । विभागबाट आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै सगरमाथा आरोहणको रहेको छ । सगरमाथा आरोहण गर्न २६ समूहका २ सय ४४ जना आरोहीले अनुमति लिएका छन् । यसैगरी, सगरमाथा पछि सबैभन्दा धेरै आरोहीको आर्कषण ल्होत्सेमा रहेको छ । ल्होत्से आरोहण गर्न ७ समूहका ५५ जना आरोहीले अनुमति लिएका छन् ।

यस्तै, अन्नपूर्ण आरोहण गर्न ४ समूहका ४४, धौलागिरी आरोहण गर्न ४ समूहका ३०, नुप्से आरोहण गर्न ३ समूहका २३ र तिलिचो आरोहण गर्न एक समूहका ८ जना आरोहीले अनुमति लिएका छन् ।

कोरोना महामारिका कारण गत वर्ष रोकिएको हिमाल आरोहण यस वर्ष सुरु हुन लागेकोे हो । विभागले आरोहीको माग अनुसार यस सिजनको पहिलो हिमाल आरोहण फागुन २५ गते जारी गरेको थियो ।

१० हिमाल आरोहण अनुमतिबाट विभागले ३३ करोड बढी राजश्व संलकन गरेको छ ।
आरोहण शूल्क

सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ ।

सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।

Share News