माैसम खराब भएपछि हवाई उडान प्रभावित

<p>काठमाडौं । मौसम खराबिका कारण शुक्रबार दिउँसोबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् ।मौसममा आएको खराबिका कारण शुक्रबार दिउँसो २ बजेबाट उडानहरु अवरुद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो तुवाँलोका कारण विमानस्थलको भिजिविलिटी कम हुँदा विमानस्थलबाट हुने उडान तथा अवतरणहरु प्रभावित भएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए । उनका अनुसार लामो समयसम्म [&hellip;]</p>

काठमाडौं । मौसम खराबिका कारण शुक्रबार दिउँसोबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् ।मौसममा आएको खराबिका कारण शुक्रबार दिउँसो २ बजेबाट उडानहरु अवरुद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ ।

बाक्लो तुवाँलोका कारण विमानस्थलको भिजिविलिटी कम हुँदा विमानस्थलबाट हुने उडान तथा अवतरणहरु प्रभावित भएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए । उनका अनुसार लामो समयसम्म मौसममा समस्या देखिए अन्तराष्ट्रिय उडानलाई ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउन सक्नेछ ।

बुद्ध एयरले सामाजिक सञ्जालमा एक सूचना राख्दै काठमाडौँमा भिजिविलिटीमा समस्या देखिएको भन्दै सम्पूर्ण उडानहरु प्रभावित भएको जनाएको छ ।

Share News