काठमाडौं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने विद्युत महसुल छुट दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले सरकारले लकडाउनको विद्युत शुल्क मिनाह गरेको बताएका हुन् ।
लकडाउन अवधिको विद्युत शुल्क शतप्रतिशत मिनाह गर्ने निर्णय भएको छ, होटल उद्योगको रुपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिएको हो,’ उनल भने ।
गत २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म शतप्रतिशत छुट र भदौदेखि माघ मसान्तसम्म ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेको छ। नियमित नवीकरण र कर विवरण पेश गरेका होटलहरूले मात्रै यो राहत पाउने उनले बताए ।
उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।