१६ खर्ब बराबरको बजेट सिलिङ तयार, आयोजनामा बजेट विनियोजन गर्न प्रोजेक्ट बैंकमा पेश हुनै पर्ने

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तयार पारेको छ । अर्थ मन्त्रालयक स्रोतका अनुसार आयोगले करिब १६ खर्ब रुपैयाँको बजेट सिलिङ तयार गरेको हो । स्रोतले १६ खर्ब रुपैयाँको बजेट सिलिङ तयार भएको भनिएपनि आयोगले हालसम्म सार्वजनिक भने गरेको छैन । स्रोतले भन्यो, [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि करिब १६ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तयार पारेको छ । अर्थ मन्त्रालयक स्रोतका अनुसार आयोगले करिब १६ खर्ब रुपैयाँको बजेट सिलिङ तयार गरेको हो । स्रोतले १६ खर्ब रुपैयाँको बजेट सिलिङ तयार भएको भनिएपनि आयोगले हालसम्म सार्वजनिक भने गरेको छैन ।

स्रोतले भन्यो, ‘अहिले पौन १६ खर्ब बराबरको बजेट सिलिङ तयार भएको छ, एक दुई दिनमै सो बजेट सिलिङ सार्वजनिक हुनेछ, न्यूनतम साढे १५ खर्ब र अधिकतम १६ खर्बको बजेट सिलिङ तयार भएको सुनिएको छ ।’

योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको संयोजकत्वमा रहेको स्रोत समितिले बजेट सिलिङ तोकि सके पनि सिलिङ हालसम्म गोप्य नै राखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । तर, अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धसमिक्षा गर्दै बजेटको आकार घटाउँदै १३ खर्ब ४४ अर्ब रुपैयाँमा झारेका थिए ।

आयोजना प्रोजेक्ट बैंकमा पेश हुनुपर्ने

अहिले अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माणमा व्यस्त भएको छ । मन्त्रालयका अनुसार अन्य वर्षको भन्दा यो वर्षको बजेट केही फरक किसिमिले प्रस्तुत हुनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले अघिल्ला आर्थिक वर्षको भन्दा योे वर्षको बजेट केही नतिजामुखी र इभिडेन्सबेस हुने बताए । बजेटको कार्यान्वयन र बढीभन्दा बढी बजेट खर्च गर्नको लागि प्रक्रियाष्गत ढंगले बजेट निर्माणको काम भइरहेको उनले प्रवक्ता दाहालले बताए ।

‘हामीले परियोजना छनोट तथा पूर्व गर्नु पर्ने आवश्यक तयारीहरु पूरा गरेर मात्र त्यसका लागि बजेट छुट्याउँछौं, परियोजनाका लागि हुनु पर्ने पूर्व तयारीहरु पूरा भयसकेपछि मात्रै त्यो आयोजनाका लागि बजेट छुट्याइन्छ, नभए त्यस्ता आयोजना बजेटमा पदैनन्,’ प्रवक्ता दाहालले भने ।

उनका अनुसार चैत १५ गतेभित्र सबै स्थानिय तथा र प्रदेशबाट बजेटको प्रस्ताव पठाउन आग्रह गरिएको छ । बजेटको प्रस्ताव सबै ठाउँबाट आइसकेपछि चैत २५/२६ र २७ गते मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच छलफल तथा परामर्श हुने उनको भनाई छ ।

आगामी आर्थिक वर्षको बजेटले विशेष गरेर महत्वपूर्ण प्राथमिकताका क्षेत्र र परियोजनाहरु तय गरेर मात्र बजेट विनियोजन गर्ने उनको भनाई छ । उनका अनुसार सबैभन्दा महत्वपूर्ण तथा प्राथमिकताको क्षेत्र पुनरुत्थानका लागि हुनेछ ।

‘विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण हामीले विभिन्न क्षेत्रमा धेरै समस्या तथा असरहरु सामना गर्नु पर्यो, आगामी वर्षको बजेटको मुख्य प्राथमिकता पुनरुत्थान हुनेछ, हामीले विभिन्न निकायसँग सराकार राख्ने अधिकारीहरुलाई पनि त्यही किसिमले पत्राचार गरेका छौं,’ उनले भने ।

Share News